११औँ भूकम्प स्मृति दिवस आज मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
१८६ पटक हेरिएको
Shares
११औँ भूकम्प स्मृति दिवस आज मनाइँदै

सारांश

  • आज ११औँ भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ ।
  • विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस मनाउन लागिएको हो।
  • सात दशमलव छ म्याग्निच्युडको उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो।

१२ वैशाख , काठमाडौं ।

आज ११औँ भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ । विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस मनाउन लागिएको हो। सात दशमलव छ म्याग्निच्युडको उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो।

भूकम्पका कारण आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए। हजारौं घर, विद्यालय, स्वास्थ्य संस्था तथा ऐतिहासिक संरचनाहरू ध्वस्त भएका थिए।
विनाशकारी भूकम्पपछि पुनर्निर्माण, पुनःस्थापना तथा सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस वर्ष पनि भूकम्पीय जोखिम न्यूनीकरण, सुरक्षित संरचना निर्माण तथा विपद् पूर्वतयारीबारे जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न सरकारी तथा गैरसरकारी निकायले सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। भूकम्पलाई रोक्न नसकिए पनि पूर्वतयारी, सुरक्षित निर्माण र सचेतनाका माध्यमबाट सम्भावित क्षति न्यूनीकरण गर्न सकिने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक