हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

सारांश

  • मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ ।
  • शुक्रबार बिहान ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ ।

२४ असोज, हेटौंडा ।

मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ । शुक्रबार बिहान ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ । गाडीको पछाडि ढालाभित्र लुकाएर राखिएका १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, र १ हजार १ थान कपडाका थानहरू बरामद गरिएको छ, जसको मूल्य लगभग १४ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यसैगरी, झण्डै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’