मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
१५ पटक हेरिएको
Shares
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना

सारांश

  • जारी आईपीएलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र सम्पूर्ण टोलीलाई यस सिजनमा दोस्रो पटक जरिवाना गरिएको छ ।
  • मंगलबार राति सम्पन्न खेलमा मुम्बईका अलावा गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना गरिएको छ ।
  • ढिलो ओभर रेटका कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई २४ लाख भारु जरिवाना गरिएको छ भने प्लेइङ एघारका सबै खेलाडीलाई ६ लाख भारु जरिवाना गरिएको छ ।

२४ वैशाख, काठमाडौं ।

जारी आईपीएलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र सम्पूर्ण टोलीलाई यस सिजनमा दोस्रो पटक जरिवाना गरिएको छ । मंगलबार राति सम्पन्न खेलमा मुम्बईका अलावा गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना गरिएको छ ।

ढिलो ओभर रेटका कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई २४ लाख भारु जरिवाना गरिएको छ भने प्लेइङ एघारका सबै खेलाडीलाई ६ लाख भारु जरिवाना गरिएको छ । गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई आईपीएल आचारसंहिता उल्लङ्घन गरेको आरोपमा उनको म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ र एक डिमेरिट अंक पनि प्राप्त भएको छ । उनले धारा २.२० अन्तर्गत लेभल १ को अपराध स्वीकार गरेको बताइएको छ ।n वर्षाले प्रभावित आईपीएल खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको थियो ।

यो सिजनमा उनलाई ढिलो ओभरको लागि जरिवाना गरिएको यो नवौं पटक हो । यसअघि लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्त, गुजरात टाइटन्सका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेल, राजस्थान रोयल्सका कप्तान संजु सामसन, रोयल च्यालेन्जर्स बैंगलुरुका कप्तान रजत पाटीदार, राजस्थान रोयल्सका कप्तान रियान पराग सबैलाई यस सिजनमा स्लो ओभर रेटको लागि जरिवाना गरिसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
विवादका बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै
विवादका बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै
ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग,  सिट घटाउने निर्णयप्रति आक्रोश
विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग, सिट घटाउने निर्णयप्रति आक्रोश
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान