Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो

सारांश

  • सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ ।
  • भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि देशभरका ७५३ स्थानीय तहमध्ये २५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् ।

२५ कात्तिक, काठमाडौं ।

सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ ।

भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि देशभरका ७५३ स्थानीय तहमध्ये २५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । पालिकाले जग्गा वर्गीकरण नगरेका कारण करिब ५ सय पालिकामा कित्ताकाट रोकिएको थियो । यसअघि २०८१ भदौ २७ मा सरकारले नियमावली दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरणका लागि २०८२ असार मसान्तसम्मको समय थपेको थियो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्ले भू–उपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरी आवश्यक प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो