रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
८०० पटक हेरिएको
Shares
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर

सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) जारी सिजनको लिग चरण अब अन्तिम चरणमामा आइपुगेको छ ।
  • सबै १० टोलीले समान १३–१३ खेल खेलिसकेका छन् ।
  • प्रत्येक टोलीले अब एक–एक खेल मात्र खेल्न बाँकी छ ।

७ जेठ, भारत ।

इन्डियन प्रिमियर लिग (आईपीएल) जारी सिजनको लिग चरण अब अन्तिम चरणमामा आइपुगेको छ । सबै १० टोलीले समान १३–१३ खेल खेलिसकेका छन् । प्रत्येक टोलीले अब एक–एक खेल मात्र खेल्न बाँकी छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने नियमअनुसार अहिलेको समीकरण निकै रोचक बनेको छ । १३ खेल सकिँदा शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले १८ अंकसहित प्लेअफ स्थान सुरक्षित गरिसकेको छ ।

टोलीको नेट रनरेट पनि बलियो छ । दोस्रो स्थानमा रहेको गुजरात टाइटन्स र तेस्रो स्थानको सनराइजर्स हैदराबाद समान १६ अंकमा छन् । यी दुई टोलीले अन्तिम खेल जितेमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना बलियो हुनेछ, जसले पहिलो क्वालिफायर खेल्ने अवसर दिन्छ । चौथो स्थानमा रहेको राजस्थान रोयल्स १४ अंकमा छ । टोली अन्तिम खेल जित्नैपर्ने दबाबमा छ । हार भएमा अन्य टोलीको नतिजामा निर्भर रहनेछ । १३ अंकमा रहेका पञ्जाब र कोलकाता नाइड राइयडर्सका लागि समीकरण अझ जटिल बनेको छ । दुवै टोलीले अन्तिम खेल जित्नुपर्नेछ र साथै अन्य प्रतिस्पर्धी टोली हार्ने आशा गर्नुपर्नेछ ।

आरसीबी सुरक्षित

तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर १८ अंकका साथ प्लेअफका लागि छनोट हुने पक्का छ । उत्कृष्ट रन रेटका कारण आरसीबी ढुक्कको स्थितिमा छ ।

गुजरात र हैदराबादको सम्भावना बलियो

दोस्रो र तेस्रो स्थानमा रहेका गुजरात टाइटन्स र सनराइजर्स हैदराबादको समान १६–१६ अंक छ । दुवै टोलीलाई प्लेअफमा स्थान पक्का गर्न आफ्नो अन्तिम खेल जित्नुपर्ने हुन्छ । यदि यी दुवै टोलीले जितेमा उनीहरू सहजै अर्को चरणमा पुग्नेछन् ।

चौथो स्थानका लागि राजस्थानको दाबेदारी

१४ अंकसहित चौथो स्थानमा रहेको राजस्थान रोयल्स प्लेअफको बलियो दाबेदार हो । अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई हराएमा राजस्थानको १६ अंक हुनेछ र उसले प्लेअफमा स्थान सुरक्षित गर्नेछ ।

पञ्जाब, कोलकाता, चेन्नई र दिल्लीको कठिन बाटो

१३–१३ अंक भएका पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सले प्लेअफ पुग्न आफ्नो अन्तिम खेल विशाल अन्तरले जित्नुपर्नेछ र राजस्थानको हारको कामना गर्नुपर्नेछ ।

१२–१२ अंक भएका चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सको सम्भावना भने निकै कमजोर छ । उनीहरूले आफ्नो खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको नतिजा र रन रेटमा ठूलो फेरबदल हुनुपर्नेछ ।

मुम्बई र लखनऊ बाहिरिए

तालिकाको पुछारमा रहेका मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स (समान ८ अंक) प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । अब हुने उनीहरूको अन्तिम खेल केवल प्रतिष्ठाको लडाईं मात्र हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
गुण्डुमा एमाले सचिवालय बैठक
गुण्डुमा एमाले सचिवालय बैठक
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने