सर्लाहीमा नुहाउन गएका वृद्धलाई खोलाले बगायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
११५ पटक हेरिएको
Shares
सर्लाहीमा नुहाउन गएका वृद्धलाई खोलाले बगायो

सारांश

  • सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।
  • प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो ।

 

१२ असोज, सर्लाही ।

सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन–तीन जना गरी ६ जनाको संयुक्त टोली परिचालन गरी साहको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ता साहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?