बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
४० पटक हेरिएको
Shares
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो

सारांश

  •   बागमती प्रदेशमा रहेका दुई सत्तारुढ दलहरुबीच बजेटका बिषयमा विवाद सिर्जना भएपछि बजेट भाषणको समय सारिएको छ।
  • आइतबार (आज) दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा साँझ ६ः३० बजे सम्मका लागि स्थगित गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ।
  •   सचिवालयले सार्वजनिक गरेको सूचनामा विविध कारणबस बजेट भाषणको समय सारिएको जानकारी दिइएको हो।

१ असार, काठमाडौं । 

बागमती प्रदेशमा रहेका दुई सत्तारुढ दलहरुबीच बजेटका बिषयमा विवाद सिर्जना भएपछि बजेट भाषणको समय सारिएको छ। आइतबार (आज) दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा साँझ ६ः३० बजे सम्मका लागि स्थगित गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ।  सचिवालयले सार्वजनिक गरेको सूचनामा विविध कारणबस बजेट भाषणको समय सारिएको जानकारी दिइएको हो। बजेट कति ल्याउने? भन्ने विषयमै सरकारमा रहेका दुई दलबीच सहमती नजुट्दा समय सारिएको नेकपा एमालेका एक सांसदले बताए।

उनका अनुसार एमालेले ६६ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने बताइरहँदा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्बको बजेट बनाएको ती सांसदको आरोप छ। सरकारमा सहभागी दुई दलकै कुरा नमिल्दा बागमतीको बजेट भाषण अन्यौलमा परेको हो। यसअघि राजश्वदर कमजोर रहेको भन्दै आगमी आर्थिक वर्षको बजेटको आकार घटाउन पर्ने सरकारको निष्कर्ष थियो। जसअनुसार जबम ५५ अर्ब रुपैँयामात्रैको सिलिङ तोकेकोमा ७२ अर्ब भन्दा बढीको बजेट बनाएको चर्चाका बीच एमालेले आपत्ति जनाएको हो।  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले कांग्रेसका हुन्।

कांग्रेस नेतृत्वकै सरकार रहेको बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री काफ्लेको सहमतीमा बजेटको आकार बढाएको आरोप एमालेले लगाएको छ।  यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ६५ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने सुझाव दिएको माओवादी बागमती संसदीय दलका सचेतक रत्न प्रसाद ढकाल बताउँछन्। बजेटको आकार बढाउने विषयमा माओवादी केन्द्रले समेत आपत्ति जनाएको उनको भनाइ छ। वित्तिय अनुशासनमा रहनुपर्ने भन्दै माओवादी केन्द्रले राजश्व संकलन कमजोर रहेको अवस्थामा बजेट नबढाउन सुझाव दिइएको थियो। विपक्षी दलले दिएको सुझाव अटेर गरेर बजेट ल्याए बजेटलाई समर्थन गरेर जान नसकिने सचेतक ढकालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्यो
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण