भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड

सारांश

  • वैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।
  • बोर्डले विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
  • शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीवर्गमा भ्रम सिर्जना हुनेगरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना संप्रेषण गरिएको भन्दै परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिनेहुँदा अन्य स्रोतवाट प्रबाह हुने सूचनामा भर नपर्न सरोकारवालालाई आग्रह गरेको छ ।

५ वैशाख, काठमाडौं ।

वैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीवर्गमा भ्रम सिर्जना हुनेगरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना संप्रेषण गरिएको भन्दै परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिनेहुँदा अन्य स्रोतवाट प्रबाह हुने सूचनामा भर नपर्न सरोकारवालालाई आग्रह गरेको छ ।

परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन पनि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरेका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?