वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १२, २०८२
|
|
३२ पटक हेरिएको
Shares
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

सारांश

  • वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् ।
  • गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।
  • वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए ।

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए । “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिदा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ ।” जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा रु २६ अर्ब ५८ करोड मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
धनगढीमा ग्यास सिलिन्डर विस्फोट, तीन जना घाइते
धनगढीमा ग्यास सिलिन्डर विस्फोट, तीन जना घाइते
प्रहरी जवानले आफैँमाथि चलाए गोली
प्रहरी जवानले आफैँमाथि चलाए गोली
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु