जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
५७ पटक हेरिएको
Shares
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने

सारांश

  • जनता समाजवादी पार्टी, नेपाल (जसपा) को सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनका क्रममा भएको अवरोध, अभद्र व्यवहार र कुटपिटको घटनालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिँदै सत्य तथ्य छानविन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ।
  • ‎ ‎मिति २०८२ साल भाद्र १९ र २० गते अधिवेशन सम्पन्न भएपछि भाद्र २२ गते निर्वाचन कार्यतालिका अनुसार मलंगवास्थित जानकी पार्टी प्यालेसमा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला दिउँसो करिब २ बजे पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य संजय यादवसहितका व्यक्तिहरूले निर्वाचन कार्यलाई अवरोध पुर्‍याउँदै निर्वाचन अधिकृत, अध्यक्ष मण्डलका संयोजक र अन्य सदस्यहरूमाथि गालीगलौज, बेइज्जत र कुटपिट गरेको आरोप लगाइएको छ।
  • साथै, सो क्रममा नगदसमेत लुटिएको नवनिर्वाचित जिल्ला अध्यक्ष लगायतका नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा बुझाएको लिखित प्रतिवेदनमा उल्लेख गरीएकाे छ।

‎मलंगवा, सर्लाही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनका क्रममा भएको अवरोध, अभद्र व्यवहार र कुटपिटको घटनालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिँदै सत्य तथ्य छानविन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ।



‎मिति २०८२ साल भाद्र १९ र २० गते अधिवेशन सम्पन्न भएपछि भाद्र २२ गते निर्वाचन कार्यतालिका अनुसार मलंगवास्थित जानकी पार्टी प्यालेसमा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला दिउँसो करिब २ बजे पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य संजय यादवसहितका व्यक्तिहरूले निर्वाचन कार्यलाई अवरोध पुर्‍याउँदै निर्वाचन अधिकृत, अध्यक्ष मण्डलका संयोजक र अन्य सदस्यहरूमाथि गालीगलौज, बेइज्जत र कुटपिट गरेको आरोप लगाइएको छ। साथै, सो क्रममा नगदसमेत लुटिएको नवनिर्वाचित जिल्ला अध्यक्ष लगायतका नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा बुझाएको लिखित प्रतिवेदनमा उल्लेख गरीएकाे छ।



‎यस घटनालाई लिएर मिति २०८२ साल असाेज ५ गते उपेन्द्र यादवकाे अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गम्भीर ध्यानाकर्षण गरेको छ। बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न तथा संलग्न व्यक्तिहरूमाथि आवश्यक संगठनात्मक कारबाही अघि बढाउन केन्द्रीय संगठन विभागलाई औपचारिक जिम्मेवारी दिने निर्णय गरेको पार्टीले जानकारी दिएको छ।



‎पार्टीका नेताहरूका अनुसार जसपाले आफ्नो संगठनलाई व्यवस्थित, अनुशासित र लोकतान्त्रिक पद्धतिमा अघि बढाउन कुनैपनि प्रकारको अनुशासनहीनता, हिंसा र अव्यवहारलाई सहन नगर्ने पार्टीले विज्ञप्तिमार्फत भनेकाे छ ।
‎ विज्ञप्तिले अधिवेशन पार्टीको एकता र संगठन मजबुत बनाउन गरिएको ऐतिहासिक कार्यक्रम हो। त्यस्तो अवसरमा अवरोध सिर्जना हुनु दुःखद र निन्दनीय छ। दोषी पत्ता लगाई निष्पक्ष छानबिनमार्फत कारबाही गरिनेछ। यस घटनापछि सर्लाही जिल्लामा पार्टी कार्यकर्ताहरूबीच चर्को छलफल र असन्तुष्टि देखिएको छ भने नेतृत्वले छिटो र कडा कदम चाल्ने आश्वासन दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की