एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
३० पटक हेरिएको
Shares
एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित

सारांश

  • देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ जना पुगेको छ ।
  • इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३ हजार ८४ जना सङ्क्रमित सङ्ख्या पुगेको हो ।
  • देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

२६ साउन, काठमाडौँ । देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ जना पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३ हजार ८४ जना सङ्क्रमित सङ्ख्या पुगेको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । यस्तै एक जनाको मृत्यु पनि भइसकेको छ । तनहुँमा सात सय ५४ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, दोस्रोमा बढी डेंगु सङ्क्रमित भएको जिल्ला काठमाडौँ हो । यहाँ ३ सय ७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, कास्कीमा १६६ जनामा, झापामा १३५ जनामा र चितवनमा १३० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मकवानपुरमा ८४ जना, भोजपुरका ७५ जना, गोरखाका ७२ जना डेंगु भएको छ ।

काभ्रेपाल्चोक र पाल्पाका ७१÷७१ जनामा डेंगु देखिएको छ । यी दश जिल्ला सबै भन्दा बढी डेंगु भएको जिल्ला रहेको ईडीसीडीले उल्लेख गरेको छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ ।  देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै