Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
११७ पटक हेरिएको
Shares
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
  • माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए ।
  • कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ ।

११ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए । कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ । त्यसैले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेका छन् ।’

उनले थपे, ‘गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ । तपाईंहरुले आफ्नो क्षेत्रमा पनि त्यसैअनुसार गर्नुहोला ।’ पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू जितेको भन्दै उनले त्यसलाई जनविश्वास पुन: प्राप्त हुँदै गएको उदाहरणको रुपमा ब्याख्या गरे । स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा लिनुपर्ने प्रचण्डले बताए ।

शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उनले विशेषत: शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको जिकिर गरे । ‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,’ उनले भने ।

प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए । ‘अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,’ उनले भने । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता–कार्यकर्ताहरुलाई पनि पार्टी एकता र संगठन विस्तारमा अग्रसर हुन निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता