Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति

सारांश

  • पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
  •   विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ ।
  • उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए ।

 

२४ चैत, काठमाडौं–

यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।  विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए ।

विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् । सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारीसगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ । हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ ।

खुम्बु आइसफल क्षेत्रमा अहिले भर्‍याङ राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ । ‘आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको छ’, निर्देशक अवस्थीले भने, ‘दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ । हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ ।’ सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ । यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।

सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ । यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ । सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।  वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा