संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
१६ पटक हेरिएको
Shares
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता

सारांश

  • सत्तारुढ दलले आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता जनाएका छन्  सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकमा कांग्रेस र एमालेले बर्खे अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
  • ‘शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ ।
  • यो आन्दोलनको बेला होइन ।

२१ चैत, काठमाडौं ।

सत्तारुढ दलले आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता जनाएका छन्  सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकमा कांग्रेस र एमालेले बर्खे अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ ।यो आन्दोलनको बेला होइन ।समितिले विधेयकमा काम गरिरहेको छ । उपसमिति बनेको छ । अब संसद सुरू हुने वित्तिकै त्यसको पहिलो हप्ता शिक्षा विधेयक पास गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छौँ,’ बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलले भने, ‘शिक्षकले आन्दोलनको रुप परिवर्तन गर्न पर्छ । एसईईको उत्तरपुस्तिका परीक्षण गर्न पर्छ।’ विधेयकको एउटा सरोकारवाला शिक्षक रहेकाले अरु सरोकारवालाले आन्दोलन गर्ने स्थिति बन्न नहुने निष्कर्ष बैठकले निकालेको छ । ‘धेरै स्टेक होल्डर छन ।

एउटा शिक्धक हो । अरु विद्यार्थी अभिभावक कर्मचारी पनि हुनुहुन्छ। स्थानीय सरकार, निजी विद्यालय पनि छन् । सबैले आन्दोलन गर्ने भन्ने हुदैन,’ बर्तौलाले भने । बैठकमा गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री विद्या भट्टराई, शिक्षा समिति सभापति अम्बरबहदुर थापा, एमाले र कांग्रेका प्रमुख सचेतसहितका नेता सहभागी थिए। शिक्षा ऐनको माग राखेर दुई दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा छन् । आजको बैठकले शिक्षकहरूको आन्दोलन र मागका विषयमा वार्ता संवाद र सहजीकरण गर्न शिक्षा मन्त्रालयलाई भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय
नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय
स्वीकृत भयो निजीकण (पहिलो संशोधन) अध्यादेश
स्वीकृत भयो निजीकण (पहिलो संशोधन) अध्यादेश
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति