शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३० पटक हेरिएको
Shares
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता

सारांश

  • आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।
  • शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।
  • ‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ ।

२८ चैत, काठमाडौं ।

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ । ‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ । शिक्षकहरू आउनु भएन वा केही कारणले सर्‍यो भने भन्न सकिन्न,’ मन्त्रालयका एक अधिकारिले भने । यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ । ‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ ।

हामीले जाने भनेका छौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । ३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने उनले बताइन् । आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्‍को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ । महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् । माइतीघरदेखि बिजुलीबजार पुलसम्मको मुख्य सडक कब्जा गरेर आन्दोलन गर्दै आइरहेको शिक्षकहरूले आजदेखि भने सडक नै कब्जा गरेर आन्दोलन गरिरहेको छ । तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र  प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
झापा–५ मा भारी मतले बालेन अगाडि
झापा–५ मा भारी मतले बालेन अगाडि
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर