बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
३० पटक हेरिएको
Shares
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् ।
  • जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनले बताए ।
  • दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् ।

जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनले बताए । दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ । आइतबार संसदको बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले समेत प्रश्न उठाएका थिए । मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको लामिछानको आरोप थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’ आयोगको प्रतिवेदन आजै आफूले बुझ्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘अहिलेसम्म मैले हरेको छैन । आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’ उनले पीडित परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय पनि गरेको बताए । श्रम मन्त्रालयले पनि सम्बन्धित अफिसबाट थप रकम दिन निर्देशन दिएको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा
सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा
प्रधानमन्त्रीको चुनौती- मेरो बेडरुमसम्म बिचौलिया पुग्छन् भन्नेले देखाउनू
प्रधानमन्त्रीको चुनौती- मेरो बेडरुमसम्म बिचौलिया पुग्छन् भन्नेले देखाउनू
शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु