फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका

सारांश

  • सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ स्थित मुख्य चोक दुर्गन्धित बन्दै गएको छ ।
  • स्थानीयले पटक–पटक फोहोर फाल्नेलाई कारबाही गर्न माग गर्दै आए पनि गाउँपालिकाको बेवास्ताले कौडेनाको मुख्य चोक दुर्गन्धित बन्दै गएको हो।
  • होटल व्यवसायीको होटलबाट, किराना पसल लगायत अन्य थुप्रै पसलबाट निस्कने फोहोर जथाभावी फाल्ने गरेका कारण मुख्य चोकको सडक दुर्गन्धित बनेको छ।

धिरोज यादव

४ माघ, सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ स्थित मुख्य चोक दुर्गन्धित बन्दै गएको छ । स्थानीयले पटक–पटक फोहोर फाल्नेलाई कारबाही गर्न माग गर्दै आए पनि गाउँपालिकाको बेवास्ताले कौडेनाको मुख्य चोक दुर्गन्धित बन्दै गएको हो।होटल व्यवसायीको होटलबाट, किराना पसल लगायत अन्य थुप्रै पसलबाट निस्कने फोहोर जथाभावी फाल्ने गरेका कारण मुख्य चोकको सडक दुर्गन्धित बनेको छ।

फोहोर व्यवस्थापनमा गाउँपालिकाको कुनै पनि चासो नरहेको कारण यात्रु तथा स्थानीयलाई गन्धले हिँडडुल गर्नसमेत समस्या भएको छ।सडक फराकिलो भएसँगै सवारी आवागमन सहज हुने विश्वास गरिए पनि टेम्पुपार्क बन्न सकेको छैन, यात्रुहरुको लागि सार्वजनिक शौचालय निर्माण नहुँदा झन् यात्रुहरू समस्यामा परेका छन्। होटल व्यवसायीले गाउँपालिका लाई पटक–पटक फोहोर व्यवस्थापन गरी दिनु भन्दापनि गाउँपालिकाले अटेरी गरि रहेको स्थानीय बजारको पसलहरूले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?