प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २२, २०८३
|
|
१७३ पटक हेरिएको
Shares
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • प्रतिनिधिसभ बैठक आज बस्ने भएको छ ।
  • बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
  • आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

काठमाडौं ।

प्रतिनिधिसभ बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडग राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ ( नं. ८१) माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल
भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल
एनपीएलका खेल भारतीय टिभी च्यानल , स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने
एनपीएलका खेल भारतीय टिभी च्यानल , स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै