Press 4K
बुधबार, ३१ भाद्र २०८३

पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
३० पटक हेरिएको
Shares
पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच दिनको अन्तरालमै फरार रहेका विभिन्न कसुरका ७ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
  • प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई पक्राउ गरेको हो ।
  • प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लामा पठाइएको छ ।

७ चैत,हेटौँडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच दिनको अन्तरालमै फरार रहेका विभिन्न कसुरका ७ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लामा पठाइएको छ । पछिल्लो समय मकवानपुरलाई सुरक्षित लुक्ने स्थानका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी तीव्र बनाएको जनाएको छ । यस क्रममा ‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । विशाल के.सी.को जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका–१ बस्ने ३७ वर्षीय धनसानी गोलेलाई पक्राउ गरिएको हो ।

वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा जारी पक्राउ पुर्जी बमोजिम उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी गोलेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइने तयारी भइरहेको छ । नेपाल न्यूज बैंकका मकवानपुर जिल्ला संवाददातासँग कुरा गर्दै एसपी श्यामबहादुर खत्रीले यस्तो प्रकारका ठगी गतिविधि अब सह्य नहुने र संलग्न जोसुकैलाई पनि पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे ।

प्रहरीले विदेश पठाइदिन्छु भन्दै ठगिएका अन्य पीडितहरूलाई समेत सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, वैदेशिक रोजगारीमा जाने क्रममा आधिकारिक प्रक्रिया अपनाउन र प्रलोभनमा नपर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल
साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
काठमाडौं  उपत्यकामा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति
राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति
पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा
पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...