जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २९, २०८३
|
|
१८८ पटक हेरिएको
Shares
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

सारांश

  • प्लान इन्टरनेशनल नेपालको आयोजना तथा ग्रामिण विकास केन्द्र नेपाल (RDC) र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)  को समन्वयमा सर्लाहीको सदरमुकाम मलंगवास्थित होटल कुसुम प्यालेसमा दुई दिने जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
  • प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जिल्लामा ग्रामिण विकास केन्द्र नेपालले चक्रघट्टा गाउँपालिकामा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले कौडेना, चक्रघट्टा, धनकौल र बसबरिया गाउँपालिकासँग सहकार्य गर्दै विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् ।
  • परियोजनामार्फत बालबालिका, किशोरी तथा युवा महिलालाई सशक्त बनाउने, आत्मसम्मानका साथ अधिकार र स्वतन्त्रताको उपभोग गर्न सक्षम बनाउने उद्देश्य रहेको जनाइएको छ ।

मलंगवा, २९ वैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजना तथा ग्रामिण विकास केन्द्र नेपाल (RDC) र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)  को समन्वयमा सर्लाहीको सदरमुकाम मलंगवास्थित होटल कुसुम प्यालेसमा दुई दिने जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।


प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जिल्लामा ग्रामिण विकास केन्द्र नेपालले चक्रघट्टा गाउँपालिकामा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले कौडेना, चक्रघट्टा, धनकौल र बसबरिया गाउँपालिकासँग सहकार्य गर्दै विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् । परियोजनामार्फत बालबालिका, किशोरी तथा युवा महिलालाई सशक्त बनाउने, आत्मसम्मानका साथ अधिकार र स्वतन्त्रताको उपभोग गर्न सक्षम बनाउने उद्देश्य रहेको जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन आइतबार कौडेना गाउँपालिकास्थित श्री देवधारी माध्यमिक विद्यालय, सुखचैनामा परिवर्तनका संवाहक कक्षाका सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो । त्यसपछि चक्रघट्टा गाउँपालिका–८ स्थित श्री जनता माध्यमिक विद्यालय, औरहीमा महिनावारी आरामकक्ष तथा ‘ड्रट रेस्पोन्स’ कार्यक्रमको अवलोकन गरिएको थियो । त्यसैगरी सोही वडामा आमा समूहसँग अन्तरक्रिया, स्वस्थ तथा पौष्टिक खाना पकाउने अभ्यास तथा मदरसा इस्लामिया हेदायातुल मुस्लेमिनमा निर्माणाधीन समावेशी एवं पहुँचयोग्य शौचालयको अनुगमन गरिएको आयोजकले जनाएको छ ।

सोमबार सम्पन्न दोस्रो दिनको कार्यक्रममा ‘सबल बालिका, सबल समाज’ अन्तर्गत सञ्चालित ‘आभा : किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि’, बाल प्रत्याभूत सञ्चार कार्यक्रम तथा ‘सबल बालिका, सबल समाज (SaBaSS)’ परियोजनाको प्रगति विवरण र उपलब्धिबारे प्लान इन्टरनेशनल नेपालका काजल झा र रामनारायण साहले प्रस्तुति दिएका थिए ।

परियोजनाअन्तर्गत हालसम्म ४० विद्यालय, ४ स्थानीय बाल अधिकार समिति, ४ परिवर्तन संवाहक केन्द्र, १५ किशोरी क्लब, २९ वडा बाल अधिकार समिति, १६ अभिभावक शिक्षा समूह, १५ युवा क्लब तथा ५ महिनावारी स्वास्थ्य र स्वच्छता क्लब सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुमार महतो, प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि रवि शंकर पण्डित, विभिन्न गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत, सामाजिक अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना
आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर
कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ