घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

सारांश

  • नेपाली बजारमा बुधबार‍(आज) सुनको मूल्य घटेको छ ।
  • आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
  • मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

 

३ पुस,  काठमाडौं । नेपाली बजारमा बुधबार‍(आज) सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?