कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण

सारांश

  • मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले सो पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न भनेका छन् ।
  • ‘तपाईँलाई माननीय मन्त्रीस्तरबाट निर्णय भई यस मन्त्रालयको पसं ०८१/०८२ चनं ४५२ मिति २०८१।
  • ०९।

 

१३ फागुन, काठमाडौं– विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि तेस्रो पटक स्पष्टीकरण सोधेका छन् । मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले सो पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न भनेका छन् ।

‘तपाईँलाई माननीय मन्त्रीस्तरबाट निर्णय भई यस मन्त्रालयको पसं ०८१/०८२ चनं ४५२ मिति २०८१।०९।२२ को पत्रबाट स्पष्टीकरण माग गरिएको सम्बन्धमा तपाईँले पसं ०८१।०८२ चनं ७६१ मिति २०८१।०९।२८ मा पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईंबीच मिति २०७८।१०।०५ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड क बमोजिम नेपाल

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? तपाईँले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८१।११।१३ को निर्णयअनुसार जानकारी गराइन्छ’, घिसिङलाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ ।  कुलमान घिसिङलाई प्रबन्ध निर्देशकको पदबाट हटाउनको लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नै प्रस्ताव लैजाने तयारी गरेका मन्त्री खड्काले राज्यमन्त्री पूर्णबहादुर तामाङकै असहयोग भएपछि पछाडि हटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?