प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ

सारांश

  • कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ ।
  • उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका–९ का बल बहादुर बिक लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका–८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो ।
  • यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

१७ कात्तिक, विराटनगर ।

कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित,

बेलका नगरपालिका–९ का बल बहादुर बिक लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका–८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो । यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

भने सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका–८ का ईन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागू औषध ४५ ट्याब्लेट सहित पक्राउ गरेको हो । यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा–४ का रोमन राई र केरावारी–१० का पुर्ण तामाङलाई १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर–१६ स्थितबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
काठमाडौंको बाइपासमा एक युवक मृत फेला
काठमाडौंको बाइपासमा एक युवक मृत फेला
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना