कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
४७ पटक हेरिएको
Shares
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो

सारांश

  • लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ ।
  • डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए ।
  • उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् ।

 

काठमाडौं ।

लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ । डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् । हालको प्राथमिकता संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले बताए । डीआर कंगो सरकारका अनुसार आइतबारसम्म इबोलाका दुई हजार ४२३ पुष्टि भएका संक्रमित भेटिएका छन् । तीमध्ये ९६७ जनाको मृत्यु भएको छ भने ४६९ जना निको भएका छन् । हाल ७३४ जना बिरामी उपचार वा निगरानीमा रहेका छन् । संक्रमणले अग्रपंक्तिमा खटिएका १२१ जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित बनाएको छ । तीमध्ये ३६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ । तीमध्ये ४६ क्षेत्रमा अझै सक्रिय संक्रमण रहेको बताइएको छ ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोपको केन्द्र इटुरी प्रान्त नै हो, जहाँ कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युको करिब ८० प्रतिशत घटना दर्ज भएका छन् । जनसंख्याको आवतजावत, सुरक्षा चुनौती, अनौपचारिक खानी गतिविधि तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणमा थप चुनौती थपेको डब्ल्यूएचओले जनाएको छ । संक्रमण सीमापार फैलिन नदिन डीआर कंगो र युगान्डाले सीमा क्षेत्र कासेनीमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत गरेका छन् । सीसीटीभी प्लस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
धादिङमा भूक*म्पको धक्का
धादिङमा भूक*म्पको धक्का
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर