मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ७, २०८२
|
|
४५ पटक हेरिएको
Shares
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
  • आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् ।
  • कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि घर निर्माण सुरु गरिएको थियो ।

७ पुष, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि घर निर्माण सुरु गरिएको थियो ।

करिब आठ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घरसहित शौचालय निर्माण गरिएको कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए ।लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका चेपाङ दम्पती सुरक्षित आवास निर्माण गर्न आर्थिक रूपमा असमर्थ थिए। सानुमाया चेपाङ सानै उमेरमा हात जलेपछि आंशिक अपांगता लिएर जीवनयापन गर्दै आएकी छन् । दुई कट्ठा नम्बरी र तीन–चार कट्ठा ऐलानी जग्गा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उनीहरू सुरक्षित घर बनाउन नसकिरहेको स्थानीयले बताएका छन् ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार्नु राज्य र नेतृत्वको दायित्व भएको बताए । ‘सरकारको पदमा रहँदा पाउने सुविधा समाजका सबैभन्दा कमजोर वर्गको जीवनमा परिवर्तन ल्याउन प्रयोग हुनुपर्छ,’ उनले भने । स्थानीयवासी तथा जनप्रतिनिधिहरूले मुख्यमन्त्रीको व्यक्तिगत पहलको प्रशंसा गर्दै यसले अन्य नेतृत्वलाई पनि सामाजिक उत्तरदायित्व पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । सुरक्षित आवास पाएपछि चेपाङ दम्पतीले खुसी व्यक्त गर्दै सहयोगका लागि मुख्यमन्त्री र स्थानीय सरकारप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने
क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
वीरगञ्ज नाकाबाट ३ महिनामा भित्रियो २ खर्ब १८ अर्बको सामान
वीरगञ्ज नाकाबाट ३ महिनामा भित्रियो २ खर्ब १८ अर्बको सामान