सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् ।
  • शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सँधै प्रतिवद्ध रहेको बताएका हुन् ।
  • उनले भने, ‘हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनातालाई राम्रो भएन ।

६ वैशाख, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् । शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सँधै प्रतिवद्ध रहेको बताएका हुन् । उनले भने, ‘हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनातालाई राम्रो भएन । जबसम्म सम्पूर्ण रुपले नेवा समुदायको पहिचान स्थापित हुनेछैन तबसम्म माओवादी केन्द्रले तपाईंहरुको साथ छोड्ने छैन् ।

तपाईंहरु हामीलाई साथ दिनुहोस् । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन् । त्यो सफल हुने छैन । सरकारका गलत क्रियाकलापका विरुद्ध खबरदारी पनि हो । र प्रतिगामी षडयन्त्रका विरुद्ध चुनौति पनि हो । यसलाई सफल हुन दिइने छैन ।’ साथै उनले नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए । उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन समेत अग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
विकासलाई वातावरण मैत्री बनाउनु पर्छ: राष्टपति पौडेल
विकासलाई वातावरण मैत्री बनाउनु पर्छ: राष्टपति पौडेल
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल