कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर

सारांश

  • नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ।
  • काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो।
  • कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए।

काठमाडौँ

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ। काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो।

कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ। गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
मानव बेचबिखनका पीडितको न्यायमा पहुँचको सुनिश्चितता माग
मानव बेचबिखनका पीडितको न्यायमा पहुँचको सुनिश्चितता माग