आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१७३ पटक हेरिएको
Shares
आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना

सारांश

  •   बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार देशका ११ जिल्ला र त्यस आसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना देखिएको हो।
  • बाढी महाशाखाले सूचनामा भनेको छ, ‘आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
  • ’ यसैबिच मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा मध्यम र कतिपय ठाउँमा भारी वर्षाको पनि सम्भावना भएको जानकारी दिएको छ।

 

आज मंगलबार पनि देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ।  बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार देशका ११ जिल्ला र त्यस आसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना देखिएको हो।

बाढी महाशाखाले सूचनामा भनेको छ, ‘आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

यसैबिच मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा मध्यम र कतिपय ठाउँमा भारी वर्षाको पनि सम्भावना भएको जानकारी दिएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,

दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती प्रदेशको हिमाली भूभाग तथा देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो
उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो
हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो
बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश