संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
२३ पटक हेरिएको
Shares
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’

सारांश

  • नेकपा एमाले हेटौंडा नगर कमिटीले हेटौडामा प्रदर्शन गरेको छ ।
  • संविधानको रक्षा, प्रतिनिधि सभा पुनःस्थापना र प्रतिगामी कदमविरुद्धको नारासहित ‘जनयात्रा’ सञ्चालन गरेको हो ।
  • कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका आदेश राप्रपा, रास्वपा र माओवादीका कार्यकर्ताले दिएको आरोप लगाए ।

२५ कात्तिक,  हेटौंडा ।

नेकपा एमाले हेटौंडा नगर कमिटीले हेटौडामा प्रदर्शन गरेको छ । संविधानको रक्षा, प्रतिनिधि सभा पुनःस्थापना र प्रतिगामी कदमविरुद्धको नारासहित ‘जनयात्रा’ सञ्चालन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका आदेश राप्रपा, रास्वपा र माओवादीका कार्यकर्ताले दिएको आरोप लगाए । उनले भने, ‘जेनजी आन्दोलनको माग पूरा गर्न अहिलेको सरकारले सक्दैन।

नेकपा (एमाले)को बहुमत सरकार आए मात्रै ति माग पूरा हुन सक्छन् ।’ त्यस्तै, एमाले नेता रामेश्वर रानाले हेटौंडामा भएको शक्ति प्रदर्शन केवल स्थानीय स्तरको नभई देशव्यापी सन्देशसहित गरिएको बताए। कार्यक्रममा सुनी लोप्चनले एमाले मकवानपुरका करिब दुई सय कार्यकर्ता मात्र सहभागीता रहेको बताए । स्थानीय नेताहरूले भने हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका कमिटीहरूको उपस्थिति रहेको बताएका छन्। जनप्रदर्शनमा सहभागीहरूले हातमा राष्ट्रिय झण्डा र पार्टीको ब्यानर बोकेर ‘संविधानको रक्षा गर’, ‘प्रतिनिधि सभा पुनःस्थापना गर’ लगायतका नारा लगाएका थिए। ‘जनयात्रा’पार्टी कार्यालय पुष्पलाल चोकबाट सुरु हुँदै ओम भवन र बुद्धचोकमा गएर कोणसभामा परिवर्तन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप
एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ ।  पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना