कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
२५ पटक हेरिएको
Shares
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे

सारांश

  • शुक्रबार पत्रकार सम्मेलन नै गरेर महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको बताएको छ ।
  • महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्डविपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदासमेत नमानेको कारणले जबर्जस्ती गर्नुपरेको तर्क गरे ।
  • उनले कवाड व्यवसायमा रोक लगाउन नगर प्रहरीले सम्झाउने क्रममा अटेर गर्ने र प्रहरीमाथि आक्रमण हुने घटना भएको भन्दै यस्ता घटनालाई बंग्याउने काम भइरहेको बताए ।

२ फागुन,  काठमाडौँ — काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन नै गरेर महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको बताएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्डविपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदासमेत नमानेको कारणले जबर्जस्ती गर्नुपरेको तर्क गरे । उनले कवाड व्यवसायमा रोक लगाउन नगर प्रहरीले सम्झाउने क्रममा अटेर गर्ने र प्रहरीमाथि आक्रमण हुने घटना भएको भन्दै यस्ता घटनालाई बंग्याउने काम भइरहेको बताए । उनले कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको समेत बताए ।

उनले भने, ‘काठमाडौं महानगरको नगरसभाको बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र व्यवस्थापन गर्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने भन्ने निर्णय कार्यान्वयन गरेका हौं ।’ महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेले अझै पनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको बताए । उनले कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
विश्व कविता दिवसमा कविता प्रतियोगिता
विश्व कविता दिवसमा कविता प्रतियोगिता
उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
कचोर्वा , पथलवाघाटबाट र खजानीबाट तस्करी
कचोर्वा , पथलवाघाटबाट र खजानीबाट तस्करी