प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
७४ पटक हेरिएको
Shares
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो एक वर्षमा देश पूरै माओवादीमय बन्ने दाबी गरेका छन्।
  • आगामी निर्वाचनमा एक नम्बर पार्टी बन्नेसमेत उनले जिकिर गरे।
  • शनिबार पोखरामा भएको जनसभालाई सम्बोधन गर्दै त्यसका लागि माओवादीले गरेका कामबारे आफ्नो क्षेत्रका जनतालाई सुसूचित गर्न प्रचण्डले नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

 

१० जेठ, पोखरा ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो एक वर्षमा देश पूरै माओवादीमय बन्ने दाबी गरेका छन्। आगामी निर्वाचनमा एक नम्बर पार्टी बन्नेसमेत उनले जिकिर गरे। शनिबार पोखरामा भएको जनसभालाई सम्बोधन गर्दै त्यसका लागि माओवादीले गरेका कामबारे आफ्नो क्षेत्रका जनतालाई सुसूचित गर्न प्रचण्डले नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

‘आफ्नो क्षेत्रमा जनतालाई हामीले के गर्‍यौँ? के गर्न चाहेका छौँ? जनतालाई कसरी सुशासन दिन चाहेका छौँ? जनतालाई कसरी समृद्धि दिन चाहेका छौँ? सामाजिक न्याय दिन चाहेका छौँ भनेर हामी सबैले भन्दिनुभयो भने मलाई के विश्वास छ भने आउँदो एक वर्षमा देश सिंगै माओवादीमय बन्नेछ। आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ। र समाजवादको आधार निर्माण हुनेछ’, उनको भनाइ थियो। आफ्नो १८ महिने कार्यकालमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान चलाएको पूर्वप्रधानमन्त्री दाहालले बताए। चीन र भारतमा भएको भ्रमण र त्यहाँ गरिएका सम्झौताले दीर्घकालीन ढंगले विकास र समृद्धि आधार तय भएको उनले सुनाए। उनले संविधान संशोधन गरेर देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए। ‘हामीले पहिलो संविधान सभा बनाउँदै भनेका थियौँ। जे जस्तो संविधान बनाउँदै छौँ, यसले देशमा स्थिरता दिँदैन।

यसले देशमा आर्थिक ढंगले समृद्ध बनाउन सक्दैन’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम सबैको पहिचान र अधिकारको कुरा गरिसकेपछि यदी देशमा राजनीतिक स्थायित्व कायम गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनैपर्छ भनेर भनेका थियौँ।’ प्रचण्डले संविधान नै नलेखिने खतरा भएकाले १० वर्षपछि आजाव उठाउने सर्त अगाडि सारेको स्मरण गरे। कांग्रेस–एमालेको असहमतिको कारणले त्यसमा अडिएर बस्दा संविधान नै नबन्ने र देश झन् ठूलो भूमरीमा पर्ने खतरा देखिएको उनले सुनाए। ‘हामीले नोट अफ डिसेन्ट लेखेर भविष्यमा १० वर्षपछि यो संविधानको समिक्षा गर्नेबेलामा यो विषय फेरि उठाउछने छौँ। जनताको बीचमा लाने छौँ। र जनताको सहमतिअनुसार संविधान संशोधन गर्ने गरेर प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिमा यो देशलाई पुर्‍याइछाड्ने भनेका थियौँ’, उनले थपे, ‘तपाईं हामीले त्यही स्पिरिट जनतालाई सुसूचित गर्नुपर्नेछ। जनतालाई प्रशिक्षित गर्नुपर्नेछ।’

उनले संविधानसँगै निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताए। अहिलेको निर्वाचन प्रणाली ‘ढाकाको टोपीमा गुँयलाको फूल’ भनाइ जस्तो भएको उनको जिकिर छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र एक ढंगको छ। निर्वाचन प्रणाली र शासकीय स्वरुप अर्को ढंगको छ। अन्तरविरोध परेको छ’, प्रचण्ड विश्वस्त पार्दै सुनाउँछन्, ‘हामी निर्वाचन प्रणालीलाई पनि संशोधन गर्नपर्छ भनेर चाहिरहेका छौँ।’ समाजवादी क्रान्तितिर जाने, समाजवादउन्मुख राज्य संविधानले भने पनि कस्तो, कसरी आउँछ स्पष्ट नभएकाले अब स्पष्टता खोज्ने समय आएको उनले सुनाए। समाजवादको स्पष्टता अरु कुनै पनि पार्टीबाट सम्भव नभएको प्रचण्डको भनाइ थियो। उनी भन्छन्, ‘अरु राजनीतिक पार्टीबाट हरेक दृष्टिले वैचारिक, राजनीतिक, सामाजिक, साँस्कृतिक हरेक दृष्टिकोणले सम्भव नै छैन उनीहरुबाट। त्यसकारण हामी नेताहरु खटेका छौँ।’

समाजवादी क्रान्तिको आधार तय गर्न नेकपा माओवादी केन्द्र तराई–मधेश जागरण अभियान, मध्यपहाडी लोकमार्ग अभियानलाई लिएर अगाडि बढेको पूर्वप्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। अभियान लिएर हिँड्दा सहिद, बेपत्ता, घाइते परिवारसँग नयाँ सम्बन्ध जोडेको उनको दाबी छ। यो अभियान देशको स्थायित्वमा समर्पित रहेको उनको भनाइ थियो। हामीले सोचे सम्झेको यो देशको स्थायित्वको निम्ति हो। यो देशमा रुपान्तरणका निम्ति हो। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति माओवादीले नै गर्नपर्छ’, उनको उद्घोष थियो। उनले माओवादी नेता कार्यकर्तालाई गहिरो आत्मसमीक्षा गरेर रुपान्तरणको अभियानमा लाग्न निर्देशन दिए। नयाँ क्रान्तिमार्फत नेपालमा राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेकाले संकल्प गर्न उनको सुझाव छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रूपैयाँ
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रूपैयाँ
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
सांघाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन
सांघाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन