कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने

सारांश

  • उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा गर्ने भएको छ ।
  • पार्टी नेता महेन्द्र लावतीका अनुसार प्रज्ञा भवनमा उज्यालो नेपालले घोषणा सभा गर्ने भएको हो ।
  • उक्त घोषणा सभामा वर्तमान उर्जामन्त्री कुलमान घिसिङ आफैँ उपस्थित हुने लावतीले बताए ।

११ मंसिर, काठमाडौं ।

उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा गर्ने भएको छ । पार्टी नेता महेन्द्र लावतीका अनुसार प्रज्ञा भवनमा उज्यालो नेपालले घोषणा सभा गर्ने भएको हो । उक्त घोषणा सभामा वर्तमान उर्जामन्त्री कुलमान घिसिङ आफैँ उपस्थित हुने लावतीले बताए । ‘कुलमानजी प्रमुख अतिथि रहेर सभा हुन्छ । त्यसमा एकता गर्ने, सहकार्य गर्ने शक्तिहरू पनि जोडिनुहुन्छ,’ उनले भने, ‘चरणचरणका कार्यक्रम बनेका छन्, यसबारे विस्तारमा खुलाउँदै जान्छौं ।’

अहिलेसम्म उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । अन्य शक्तिसँग पनि सहकार्य र एकताबारे कुरा भइरहेकोले त्यसदिन अरु कोको उपस्थित हुन्छन् भन्ने विषय छलफलकै क्रममा रहेको पनि लावतीले बताए । उक्त घोषणा सभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ