नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
६६ पटक हेरिएको
Shares
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक

सारांश

  • नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहित मधेश केन्द्रित दलहरुको संयुक्त बैठक आज बस्दै छ ।
  • थारु-मधेश केन्द्रित आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका नेताहरुको संयुक्त बैठक आज दिउँसो एक बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो।
  • मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।

२१ माघ, काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहित मधेश केन्द्रित दलहरुको संयुक्त बैठक आज बस्दै छ । थारु-मधेश केन्द्रित आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका नेताहरुको संयुक्त बैठक आज दिउँसो एक बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो।

मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको सो पार्टीका नेताहरुले बताएका छन् । ‘समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजनासम्बन्धी छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरुलाई बैठकमा बोलाइएको छ,’ राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका नेता केशव झाले भने ।

नाउपाका संरक्षक रेशम चौधरीले मधेश केन्द्रित दलहरुको मोर्चाबारे एकअर्काको धारणा बुझ्न बैठक राखिएको बताए । ‘मोर्चामा नाउपाका एजेन्डा सम्बोधन हुन्छन् कि हुँदैनन् भन्ने हाम्रो मुख्य चासो छ’, चौधरीले भने । बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ ।

यसैगरी लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादवलाई पनि बैठकमा बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
विश्वकप एसिया छनोट,  नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
विश्वकप एसिया छनोट, नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
तीनकुनेमा प्रहरीले गरे हवाई फायर
तीनकुनेमा प्रहरीले गरे हवाई फायर
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग