नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी

सारांश

  • नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूदायबीच भएको झडपलाई नियन्त्रण लिन रुपन्देहीबाट पनि थप प्रहरी खटाइएको छ ।
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।
  • ‘स्थिति नियन्त्रणमा लिनका लागि ५० प्रहरी खटाएका छौं’, एसपी राठौरले  भने ।

१३ फागुन, काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूदायबीच भएको झडपलाई नियन्त्रण लिन रुपन्देहीबाट पनि थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।

‘स्थिति नियन्त्रणमा लिनका लागि ५० प्रहरी खटाएका छौं’, एसपी राठौरले  भने । आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो (सोमबार) साँझ स्थानीय एक समूहले एक जना व्यक्तिलाई कुटपिट गरेका थिए । सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले  जानकारी दिए । करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।

सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो । तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको वडाध्यक्ष गोधन प्रसाद हरिजनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-बुटवल सडक अवरुद्ध
नारायणगढ-बुटवल सडक अवरुद्ध
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
प्रचण्डद्वारा नाढीमन तालको अवलोकन, पर्यटन प्रवर्द्धनमा जोड
प्रचण्डद्वारा नाढीमन तालको अवलोकन, पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा
हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते