क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

सारांश

  • गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने  भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो कैयन् घरबारविहीन भए ।
  • स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ ।
  • क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ ।

 

२२ कार्तिक, काभ्रेपलाञ्चोक । गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने  भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो कैयन् घरबारविहीन भए ।

स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ । चालीस दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटकपटक विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७, बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा रु १५ हजार र सोभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।

स्थानीय तहले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत एवं पुनर्वासको कार्यक्रम प्रभावित भएको उनले बताए । अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्डअनुसारको विवरण स्थानीय तहसँग माग गरिएको उनले जानकारी दिए ।  विशेष गरी अधिक क्षति भएको जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी  गाउँपालिकामा पुनर्वास एवं आवास निर्माणका लागि तथ्याङ्क सङ्कलन जारी छ । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्र हुन् ।यी क्षेत्रका स्थानीय आधारभूत भौतिक पूर्वाधारको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढीपहिरोबाट गाउँपालिकाका तीन सय ५० घर पूर्णरुपमा क्षति भएको छन् ।  पनौतीमा सात सय घर पूर्णरुपमा क्षति भएका ठानिएको छ । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोबाट घर–जमिनसमेत बगेका परिवारको तथ्याङ्क सङ्कलन भइरहेको बताए। उनले बेथानचोकमा पनि आवास निर्माणका लागि विभिन्न सङ्घसंस्थासँग छलफल अघि बढाइएको बताए ।

बेथानचोकमा चार हजार चार सय प्रभावित घरपरिवारमध्ये पाँच सय ५० घरमा बस्नैनहुने गरी क्षति भएको छ । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छ भने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन, तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध
यस्तो रहने छ आजको मौसम
यस्तो रहने छ आजको मौसम
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै
गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै