स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
५१ पटक हेरिएको
Shares
स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड

सारांश

  • प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज उद्‌घाटन गर्दै उनले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।
  • ‘गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनहितमा अगाडि बढ्ने यो सही समय हो’, अध्यक्ष दाहालले भने, ‘सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरूलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।
  • ’ राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

१६ चैत, काठमाडौं–

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताएका छन् । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज उद्‌घाटन गर्दै उनले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

‘गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनहितमा अगाडि बढ्ने यो सही समय हो’, अध्यक्ष दाहालले भने, ‘सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरूलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।’ राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

‘अग्रगमन, शान्ति, विकासको चेतना फैलाउने प्रेस सामन्तीको निशाना बन्यो’, उनले भने, ‘निरङ्कुश प्रवृत्ति रोक्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्छ, यसो गर्न विलम्ब नगर्नुहोला ।’ मुलुकको राजनीतिक परिवर्तनमा विगतदेखि नै सञ्चार क्षेत्रको योगदान रहेको जनाउँदै अध्यक्ष दाहालले लामो सङ्घर्षबाट स्थापित  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन प्रेसको अझ सशक्त हुनुपर्ने बताए।  साथै उनले उत्कृष्ट पत्रकार तथा सेन्टरका शाखाहरुलाई सम्मान भयो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मुलुक समाजवादी यात्रामा अघि बढिसकेकाले पश्चगमनतर्फ फर्कने प्रयास कुनै हालतमा मान्य नहुने बताए।

पार्टीका उपमहासचिव जनार्दन शर्माले गणतन्त्रवादी शक्तिले आफूलाई सुधारेर सामन्तवादका विरुद्ध एकताबद्ध हुँदै जनभावनाको कदर गर्नुपर्ने बताए।  प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सङ्गठन सदैव क्रियाशील हुने बताए। नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाललगायत पत्रकार सङ्घसङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले गणतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुन नसक्ने भन्दै प्रेस स्वतन्त्रता र जनअधिकार रक्षाका लागि खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वायु प्रदूषणको खतरामा काठमाडौं उपत्यका [फोटोफिचर]
वायु प्रदूषणको खतरामा काठमाडौं उपत्यका [फोटोफिचर]
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
राष्ट्रियसभा सदस्यहरूको जबाफ दिँदै प्रधानमन्त्री
राष्ट्रियसभा सदस्यहरूको जबाफ दिँदै प्रधानमन्त्री