धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् ।
  • १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।

१८ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । उनले भने, ‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन । हासिल गरेका छौं । अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा सफल भएको छ । अव यसमा अनौपचारिक क्षेत्रलाई हामीहरुले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने चुनौतिको विषय भएको छ ।

यसलाई गम्भीर रुपमा लिएर अगाडि जानुछ । मैले धेरै प्रयास गरें । नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो तर अझै श्रमिक आयोग बनाउन सकेको छैनौं । यसका लागि नेपाली कांग्रेस सधैं तयार रहिरहन्छ ।’ उनले होटेलमा कार्यगत श्रमिकहरुले सेवा शुल्क वापत पाउने १० प्रतिशतका लागि कानून बनाएर अगि बढ्नुपर्ने बताए । ‘होटलमा कार्यरत श्रमिकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठुलो कुरा माग गर्नुभएको छैन् । कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतको पनि भनेको छ । त्यसका लागि नेपाली कांग्रेस कानून बनाउन अगाडि बढ्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृ*त्यु
अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृ*त्यु
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु