अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३, २०८३
|
|
२३१ पटक हेरिएको
Shares
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

सारांश

  • काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
  • सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो ।

३ साउन, रामेछाप ।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो ।

राजमार्ग खुलेसँगै दुवैतर्फ रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोटमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन काभ्रेको भकुण्डे क्षेत्रमा रोकिएका थिए । प्रहरीले वर्षायामका कारण सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी,
एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी,
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी
बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो