Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

सारांश

  • अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ ।
  • इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् ।
  • उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं ।

 

२८ फागुन,काठमाडौं ।

अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् । उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं ।”

फेब्रुअरी २८ देखि अमेरिका र इजरायल एकातिर तथा इरान अर्कोतिरबीच द्वन्द्व चर्किएको छ । यस द्वन्द्वले पश्चिम एशियाली क्षेत्र मात्र नभई विश्व ऊर्जा आपूर्ति श्रृंखलामा समेत असर पु¥याएको छ । मन्त्री दुन्यामालीले हालको अवस्थामा देशका नागरिक तथा खेलाडीको सुरक्षा सुनिश्चित नभएको भन्दै विश्वकपमा सहभागिताका लागि आवश्यक वातावरण नै नरहेको बताए । उनले पछिल्लो केही महिनामा युद्धका कारण हजारौँ इरानी नागरिक मारिएको दाबी पनि गरेका छन् ।

सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ । इरानको समूह चरणका सबै खेल अमेरिकाका शहरहरू लस एन्जलस र सियाटल लगायतमा हुने तालिका छ । यद्यपि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीलाई प्रतियोगितामा स्वागत गर्ने बताएका छन् ।

तर इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालको परिस्थितिमा इरानले विश्वकपलाई आशाका साथ हेर्न नसक्ने बताएका छन् । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरुले कुल्चिएर एक महिलाको मृत्यु
गोरुले कुल्चिएर एक महिलाको मृत्यु
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
बाढी प्रभावित इलामका युवा आक्रोशित: मेयरलाई नै राहत वितरण
बाढी प्रभावित इलामका युवा आक्रोशित: मेयरलाई नै राहत वितरण
भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले