मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते

सारांश

  • लमजुङको राईनासमा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
  • मोटरसाईकल पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन् ।
  • सोमबार राति करिब पौने १२ को समयमा राइनास नगरपालिका –३ नौबिसेस्थित पाउदी–बोराङखोला सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको हो ।

१४ असोज, लमजुङ ।

लमजुङको राईनासमा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मोटरसाईकल पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन् । सोमबार राति करिब पौने १२ को समयमा राइनास नगरपालिका –३ नौबिसेस्थित पाउदी–बोराङखोला सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको हो ।

टिमुरेबाट सातबिसेतर्फ जाँदैगरेको ग २४ प १६३० नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट दायाँपट्टि नालीमा पल्टिन जाँदा गम्भीर घाइते हुनुभएका मोटरसाईकल चालक राइनास –३ टिमुरेका २३ बर्षिय समिर ठकुरीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुवै घाइतेलाई स्थानीयको सहयोगमा प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि सहोदर अस्पताल धमिलिकुवामा पठाएकोमा चालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।  पछाडि सवार घाइते बर्ष २६ का देवराज ठकुरीको सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजकुकार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार