तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी

सारांश

  • ९ महिनाको अवधिमा दुई हजार सात सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाका आयात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
  • तीमध्ये सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा छन् ।
  • तिनीहरू जाँच पासका लागि यार्डमा रहेका छन् ।

 

१९ वैशाख, सिन्धुपाल्चोक :

चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भएको छ । ९ महिनाको अवधिमा दुई हजार सात सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाका आयात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तीमध्ये सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा छन् । तिनीहरू जाँच पासका लागि यार्डमा रहेका छन् । अरू सबै जाँच पास भएर राजधानी पुगिसकेका तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए ।

यार्डमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँच पास भएर राजधानी प्रवेश गर्ने जनाइएको छ । २ हजार ७ सय २४ वटा विद्युतीय सवारीसाधनबाट तीन अर्ब ७५ करोड ६३ लाख राजस्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए । यस वर्ष अघिल्ला वर्षहरूभन्दा बढी मात्रामा विद्युतीय गाडीहरू आयात भएकाले राज्यलाई राम्रो राजश्व सङ्कलन भएको उनले जनाए । ९ महिनामा तातोपानी नाकाबाट ३ सय ७० वठा ५० किलोवाटका कार, जिप र भ्यान, १ हजार ५ सय ४४ वटा एक सय किलोवाटका कार, २ सय २९ वटा २ सय किलोवाटका कार, २ वटा तीन सय किलोवाटका कार, १ वटा ३ सय किलोवाट भन्दा माथिको कार ४१ वटा फोरह्वील विद्युतीय कार आयात गरिएको छ । त्यस्तै १ वठा ठूलो विद्युतीय बस, २ सय ८० वटा ११ देखि १४ सिट भएका माइक्रो बस, २ सय ४८ वटा १५ देखि २५ सिट भएका मिनिबस आयात भएको भन्सार कार्यालयले जनाएको छ । ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडीहरू नाका हुँदै राजधानी पुगेका छन् ।  सडकमा समस्यै समस्या

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ तातोपानीबाट चीन जोड्ने सडक अहिले अवरुद्ध छ । बुधबार बेलुका परेको वर्षाले सडक भाँसिदा उत्तरी नाका तातोपानीबाट कन्टेनर आउजाउ अवरुद्ध भएको छ । सडक भासिने क्रम अझै नरोकिएको कारण वैकल्पिक मार्ग सञ्चालनको प्रयत्न भइरहेको इलाका प्रहरीका कोदारीका ट्राफिक छविलाल निरौला बताउँछन् । ‘सडक बुधबार बेलुकादेखि अवरुद्ध भएकाले तातोपानी भन्सारबाट चीनमा सामान लिन हिँडेका कन्टेरनहरू तातोपानीको १० किलोमा र चीनबाट सामान दिएर आएका कन्टेर सीमाक्षेत्रमै रोकिएका छन् ।’ बाह्रबिसे तातोपानी २६ किलोमिटर सडक यसअघिदेखि बाढीपहिरोले जोखिमपूर्ण र जीर्ण छ । यहाँका दर्जनभन्दा पुराना पहिरो खस्न थालेका छन् । बर्खाअघि सडक अवरुद्ध हुन थालेपछि स्थानीय त्रसित र व्यवसायी निरास बनेका छन् । गएको असोजको बाढी र पहिरोले बगाएका सडक र पुलहरू बन्न बाँकी नै छ ।  तातोपानी नाकाबाट हरेक दिन १० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रिन्छ । विद्युतीय गाडी, लत्ताकपडा, जुत्ता, फलफूल, मोबाइल फोन, ल्यापटप, टेलिभिजन, खाद्यान्न, पेयपदार्थ र निर्माण सामग्रीजस्ता सामान यिनै नाकाबाट नेपाली बजारमा आइपुग्छन् । तर यति धेरै सामान ओसारपसार हुने सडकको अवस्था भने निकै दयनीय छ । अस्थायीरूपमा बाटो खुलाए पनि पानी परेपछि फेरि रोकिने जोखिम छ । मारमा नेपाली व्यापारी

तातोपानीबाट भइरहेको एकतर्फी व्यापारप्रति नेपाली व्यापारी असन्तुष्ट देखिएका छन् । भूकम्पपछि चिनियाँ पक्षले नेपालका लागि निकासी खुला गरेको बताए पनि यो नाका भएर हालसम्म कुनै पनि वस्तु निकासी हुन नसकेकामा नेपाली पक्ष असन्तुष्ट बनेको हो। अहिले उक्त नाकाबाट आयात मात्रै खुला छ।  सहजता र दूरीको हिसाबले व्यापारीहरू तातोपानी नाका प्रयोग गर्न चाहन्छन् । यद्यपि, चिनियाँ पक्ष भने निकासी खुला गर्न तयार भएको छैन । नेपाली मालवस्तु बुझिलिने चिनियाँ एजेन्ट खासामा नहुँदा र चीन सरकारले उनीहरूलाई केरुङमा मात्रै खटाएकाले निकासी खुल्न नसेकेको हो। सीमामा बस्ने नेपालीलाई विगतमाझैँ खासा र न्यालमसम्म गएर काम गर्न दिनुपर्ने, वान डे पास लागू गर्नुपर्ने, नेपाली मालवस्तुको निकासी,ल्हासा–काठमाडौं बस सेवा, भारतीय धार्मिक पर्यटकलाई कैलाशमान सरोवर जाने अनुमति र सीमास्थित भोटेकोशी नदीमा चिनियाँ क्षेत्रमा जसरी नेपालपट्टि पनि तटबन्ध निर्माण गर्नुपर्ने स्थानीयको समेत माग छ । नाकाको समस्याबारे पटक पटक चिनिया अधिकारीहरुलाई जानकारी गराइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा बताउँछन् । ‘हामीले ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलालाई समेत राखेर स्थानीय र व्यवसायीको समस्या सुन्यौं,’उनले भने,‘पछिल्लो पटकको छलफलमा सकारात्मक कुरा आएको छ । चाँडै सीमामा भएका समस्या हल हुनेमा हामी आशावादी छौं ।’यद्यपि,चिनियाँ पक्षले खासा पुनर्निर्माण जारी रहेकाले हाललाई नेपाली पक्षको मागलाई स्थगित गरेको बताउँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
चितवनमा विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो
चितवनमा विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
नगर कार्यपालिकाको कार्यालय हरिपुर सर्लाहीको सार्वजनिक अनुरोध !!!
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र