नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
९० पटक हेरिएको
Shares
नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

सारांश

  •   आज भदौ २६ गते प्रकाशित सूचनाअनुसार नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम स्थापना भएको नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि योग्यता पुगेका उम्मेदवारबाट आवेदन मागिएको हो।
  •   इच्छुक उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले १० (दश) दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित दरखास्त दिन सक्नेछन्।
  • दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगत कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।

 

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ।  आज भदौ २६ गते प्रकाशित सूचनाअनुसार नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम स्थापना भएको नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि योग्यता पुगेका उम्मेदवारबाट आवेदन मागिएको हो।  इच्छुक उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले १० (दश) दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित दरखास्त दिन सक्नेछन्। दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगत कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।

क. उम्मेदवारको योग्यताः
१. नेपाली नागरिक

२. मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको

३. प्रचलित कानून बमोजिम उम्मेदवार हुन अयोग्य नभएको।

ख. दरखास्तसाथ पेस गर्नुपर्ने कागजातहरूः

१. बुँदा (क) सम्बन्धी उम्मेदवार स्वयंले प्रमाणित गरेका कागजातहरू,

२. नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने क्रियाकलापहरू समेटिएको रणनीतिक कार्ययोजना (Strategic Action Plan) (तीन हजार शब्दमा नबढ्ने गरी)

३. उम्मेदवारले आफूले काम गरेको संस्था वा सङ्गठनमा आफ्नो प्रयासमा हासिल गरेका उल्लेख्य उपलब्धिको बारेमा तयार गरिएको प्रतिवेदन (एक हजार शब्दमा नबढ्ने गरी)

४. कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेको अवस्थामा विभागीय स्वीकृति प्राप्त भएको पत्र, ५. नेपाल पर्यटन बोर्ड, कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०६३ को दफा ४ को उपदफा (५) बमोजिमको स्वघोषणा (उक्त कार्यविधि www.trade.ntb.gov.np मा उपलब्ध छ)।

ग. दरखास्त दस्तुरः
नेपाल पर्यटन बोर्डको नाममा नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको खाता नं. ०१०१०१७५००३५३ (Nepal Tourism Board PSSK) मा जम्मा गरिएको रु. १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ मात्र) को बैंक भौचर आवेदनसाथ पेश गर्नुपर्नेछ ।

घ. दरखास्त बुझाउने स्थानः
१. कार्यकारी प्रमुखको सचिवालय, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँ।

२. इमेलमार्फत दरखास्त दिने भएमा उम्मेदवारले पेश गर्नुपर्ने कागजातहरू संलग्न गरी hr@ntb.org. np मा दरखास्त दिन सकिनेछ।

यस्ता उम्मदवारले बैंक भौचर र प्रमाणित प्रतिलिपि कागजातहरू प्रस्तुतीकरणको समयमा उपलब्ध गराउनुपर्नेछ।

यो सूचना नेपाल पर्यटन बोर्डको वेबसाइट www.trade.ntb.gov.np मा समेत उपलब्ध छ। साथै छनोट सम्बन्धी विभिन्न चरणका सूचनाहरू नेपाल पर्यटन बोर्डको वेवसाइटमा प्रकाशन गरिनेछ।

यस सूचनासम्बन्धी कुनै अस्पष्टता भएमा नेपाल पर्यटन बोर्डमा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आज यी ३० जिल्लामा आकस्मिक बाढी र जोखिमको सम्भावना
आज यी ३० जिल्लामा आकस्मिक बाढी र जोखिमको सम्भावना
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल