राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन्।
  • राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
  • भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।

९ साउन, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन्। राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेकोसमेत बताएका थिए। यसैबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता गरेका थिए। राष्ट्रपति पौडेलले सुझावसहित विधेयक बिहीबार प्रतिनिधि सभामा फिर्ता गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ