नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
७३ पटक हेरिएको
Shares
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने

सारांश

  • विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू दशैंमा दुई दिन बन्द रहने भएका छन् ।
  • असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन बन्द रहने भएका हुन् ।
  • दूतावासहरूले सूचना जारी गर्दै दुई दिन बन्द रहने जनाएका हुन् ।

१४ असोज, काठमाडौं ।

विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू दशैंमा दुई दिन बन्द रहने भएका छन् । असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन बन्द रहने भएका हुन् । दूतावासहरूले सूचना जारी गर्दै दुई दिन बन्द रहने जनाएका हुन् ।

नेपाल राजपत्रमा २०८१/११/१५ गते गृह मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरू समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरेको थियो । दशैं विदामा दूतावास बन्द रहेपनि अत्यावश्यक काम परेको खण्डमा काम गर्न सकिने दूतावासहरूले जनाएका छन् । संयुक्त अरब ईमिरेट्सस्थित नेपाली राजदूतावासले भने तीन दिन विदा दिएको छ । अन्य दूतावासहरूले भने आवश्यकताका आधारमा विदाको व्यवस्था गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ