होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह

सारांश

  • हिन्दुहरुको महान पर्व होली पर्वमा जाड रक्सीको नशा नगरी सभ्य र भव्य रुपले पर्व मनाउन युवा नेता दुबेले आग्रह गर्नु भएको छ ।
  • फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले होली पर्वलाई सभ्य र भव्य रुपले मनाउने र जाड रक्सीको सेवन नगरी अबिर तथा रंगले पर्व मनाउन आग्रह गर्नु भएको हो ।
  • जनमत पार्टी फेटा गाउपालिका समितिले आयोजना गरेको होली मिलन समारोहमा बोल्दै युवा नेता उमेश दुबेले गाउपालिका गठन भएको करिब ८ बर्षमा पनि कुनै किसिमको विकास हुन नसकेको आरोप लगाउनु भयो ।

अमरेश कुमार पाण्डे 

२८ फागुन, बारा । हिन्दुहरुको महान पर्व होली पर्वमा जाड रक्सीको नशा नगरी सभ्य र भव्य रुपले पर्व मनाउन युवा नेता दुबेले आग्रह गर्नु भएको छ । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले होली पर्वलाई सभ्य र भव्य रुपले मनाउने र जाड रक्सीको सेवन नगरी अबिर तथा रंगले पर्व मनाउन आग्रह गर्नु भएको हो । जनमत पार्टी फेटा गाउपालिका समितिले आयोजना गरेको होली मिलन समारोहमा बोल्दै युवा नेता उमेश दुबेले गाउपालिका गठन भएको करिब ८ बर्षमा पनि कुनै किसिमको विकास हुन नसकेको आरोप लगाउनु भयो ।

आफुलाई इमान्दार र कर्मठ भन्दै स्थानीय सर्वसधारण जनतालाई झुक्याउदै नेताहरुले निर्वाचित हुने गरेतापनि कुनै किसिको विकास नह्ुनु भनेको दुर्भाग्यको बिषय रहेको बताउनु भयो । व्यापारीहरुले स्थानीय तहलाई व्यापारकै रुपमा प्रयोग गर्न थालिएकै कारण कुनै किसिमको विकास हुन नसकेको बताउनु भयो । निर्वाचनको समयमा व्यपारीहरु आर्थिक दम्भमा सोझासाझा जनतालाई झुक्याउदै आर्थिक प्रलोभनमा पारी मत लिने गरेकै कारण विकासको काम हुन नसकेको औल्याउनु भयो ।

उहाले स्थानीय निर्वाचनको समयमा शिक्षा, स्वास्थ्य र कृषिमा सुधार गर्ने वाचा सहित निर्वाचनमा भाग लिने व्यापारीहरु हालसम्म सुधार गर्न नसकेको आरोप लगाउनु भयो । फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा सम्पन्न होली मिलन समारोहको प्रमुख अतिथि उमेश दुबेले अगामी बि.सं. २०८४ मा हुने स्थानीय निर्वाचनमा सोच विचार गरी मात्र आफ्नो एकाधिकार मतको प्रयोग गर्ने सुझाएका थिए ।

कार्यक्रममा जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, फेटा गाउपालिका समितिका अध्यक्ष नवल पटेल, प्रेम कुमार साह, शेषनाथ यादव, छोटेलाल कुश्वाहा, दिपक दास, अकलेश कुश्वाहा, हरि राम, वकिल ठाकुर, मोहन दास, मोहन पडित, जितेन्द्र दास, शशिकान्त गुप्ता, सुरेन्द्र साह, बिनोद सिंह लगायत करिब २ सय जना स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा जिप दुर्घटना, एकको मृ*त्यु, तीन घाइते
जाजरकोटमा जिप दुर्घटना, एकको मृ*त्यु, तीन घाइते
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
आज विश्व रेडियो दिवस मनाइँदै
आज विश्व रेडियो दिवस मनाइँदै
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड