Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ८, २०८०
|
|
४३ पटक हेरिएको
Shares
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

सारांश

  • मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।
  • गत असोज २७ गते शनिबार सोलुखुम्बुमा मनाङ एयर दुर्घटना भएको थियो।
  • दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए।

८ कात्तिक, काठमाडौं। मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।

गत असोज २७ गते शनिबार सोलुखुम्बुमा मनाङ एयर दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।

उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो। मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ। सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले उपचारका क्रममा मनाङ एयर हेलिकोप्टरका पाइलट सेढाईंको निधन भएको बताए।  दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
बसको ठक्करबाट बालिकाको मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
दुई संसदीय समितिको बैठक बस्दै 
दुई संसदीय समितिको बैठक बस्दै 
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी