हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

सारांश

  • मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।
  • गत असोज २७ गते शनिबार सोलुखुम्बुमा मनाङ एयर दुर्घटना भएको थियो।
  • दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए।

८ कात्तिक, काठमाडौं। मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।

गत असोज २७ गते शनिबार सोलुखुम्बुमा मनाङ एयर दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।

उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो। मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ। सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले उपचारका क्रममा मनाङ एयर हेलिकोप्टरका पाइलट सेढाईंको निधन भएको बताए।  दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
मधेशी आयोगको सिफारिस- जातीय होइन, वर्गीय आरक्षण लागू गर
मधेशी आयोगको सिफारिस- जातीय होइन, वर्गीय आरक्षण लागू गर
आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक
दुर्गा प्रसाईं फेरी पक्राउ
दुर्गा प्रसाईं फेरी पक्राउ
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो
उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल