केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १५, २०८२
|
|
८४ पटक हेरिएको
Shares
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र

सारांश

  • नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले विरोध पत्र बुझाएको छ ।
  • आइतबार नेकपा एमाले धनुषाका पदाधिकारी सहित एमालेका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको हो ।
  • विरोध पत्रमा कार्की आयोगको प्रतिवेदनको नाममा बाहाना बनाई नेपालको संविधानिक अभ्यासमा चोट पुग्ने हिसाबले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको उल्लेख रहेको छ ।

१५ चैत, जनकपुर ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले विरोध पत्र बुझाएको छ । आइतबार नेकपा एमाले धनुषाका पदाधिकारी सहित एमालेका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको हो ।

विरोध पत्रमा कार्की आयोगको प्रतिवेदनको नाममा बाहाना बनाई नेपालको संविधानिक अभ्यासमा चोट पुग्ने हिसाबले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको उल्लेख रहेको छ । राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगको आधारमा गरेको यस्तो क्रियाकलापले लोकतन्त्र, विधिको शासन र संविधानप्रतिको मौलिक हक अधिकारमा प्रश्न उठाएको पत्रमा उल्लेख रहेको छ ।विरोध पत्रमा एमाले धनुषा कमिटिले पूर्वप्रधानमन्त्री ओलीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । त्यस्तै, पत्रमा अराजक गृहमन्त्रीलाई खारेज गर्न पनि माग गरिएको छ ।

गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदनलाई पनि खारेज गर्नुपर्ने पत्रमा उल्लेख रहेको छ । त्यस्तै, जेनजी आन्दोलनको सत्य तथ्य छानबीन गर्न पनि पत्रमार्फत सरकार सरक्ष माग गरिएको छ । पत्रमा छानविन समिति गठन गर्नुका साथै भ्रष्टाचारीहरुलाई कारबाही गर्न माग गरिएको छ । विरोध पत्र बुझाउन जाँदा सयौँको संख्यामा नेता कार्यकर्ताहरुले मोटर साईकल र्याली निकालेका थिए । उनीहरुले, केपी ओलीलाई तत्काल रिहा गर, विधिको शासन लागु गर, गँजेडी सरकार मुर्दाबादको नारा लगाएका थिए । शनिबार विहान केपी ओली र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल
सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल
दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो