११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय

सारांश

  • नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
  • आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् ।
  • उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ ।

२७ असोज, काठमाडौं ।

नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् ।उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ ।

नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ । स्थान र मितिको टुङगो हामीले केन्द्रिय कमिटीको बैठकबाट गर्ने छौ ।’ उनका अनुसार बैठकले प्रधेशसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्ने माग गरेको बताए । ‘प्रधेशसभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक ढङगले गरिएको प्रधेशसभाको विघटनलाई बदर गर्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’उनले भने । उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको बाटोमा नभई निषेद, प्रतिशोध र मुठभेटको बाटोमा हिडिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात
काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो
बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
सरकारलाई खुस्बु ओलीको सुझाव : ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं
सरकारलाई खुस्बु ओलीको सुझाव : ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार