१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

सारांश

  • करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् ।
  • उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

८ असोज, काठमाडौं ।

करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ ।

भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो । प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?