नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

सारांश

  • मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्।
  • जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो ।
  • सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य आग्रहसमेत गरेको छ ।

२५ भदौ, काठमाडौं ।

मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य आग्रहसमेत गरेको छ । सेनाले काठमाडौं र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको हो ।

सेनाले नयाँ बानेश्वरमा बैंक लुटपाटमा संलग्न पाँच, भक्तपुर र काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको हो । दुई दिनदेखि चर्किएको जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ